नियम १३
इजाजतपत्रको नवीकरण
(१) नियम १२ बमोजिम जारी भएको इजाजतपत्र प्रत्येक पाँच वर्षमा त्यस्तो इजाजतपत्र जारी गर्ने निकायबाट नवीकरण गराउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम इजाजतपत्र नवीकरण गर्न स्वास्थ्य संस्थाले इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा तीन महिना अघि अनुसूची-१२ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लेख भए बमोजिमका विवरण तथा कागजात संलग्न गरी निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम नवीकरणको लागि निवेदन दिएकोमा इजाजतपत्र जारी गर्ने निकायले: आवश्यक जाँचबुझ गरी वा गराई अनुसूची-८ मा उल्लेख भए बमोजिमको मापदण्ड बमोजिम स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा इजाजतपत्रको अवधि सकिनु_ अघि इजाजतपत्र नवीकरण गरी दिनु पर्नेछ।